काठमाडौंमा थप एक साता निषेधाज्ञा थपियो,जोर बिजोरका आधारमा सार्वजनिक बस चल्न दिने
काठमाडौं, १५ असार ।
काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै मंगलबारदेखी सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । त्यस्तै काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा थप गरिएको छ।
सोमबार काठमाडौ उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठेकले सार्वजनिक सवारी साधन खोल्न दिने निर्णय गरेको हो।
जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
यसरी संचालनमा आउने सार्वजनिक यातायातहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।
कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।
उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।