काठमाडौं र सुनसरीमा दुईजना मृत अवस्थामा फेला
प्रकाशित मिति: सोमबार, आषाढ १४, २०७८ | १३:१७:२४
काठमाडौं,१४ असार ।
काठमाडौं र सुनसरीमा दुईजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका–६ धर्मस्थली सानोबाइपासस्थित इनारमा सोही ठाउँ बस्ने दोलखा घर भएका ३५ वर्षीय ग्याम्बो शेर्पा मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, बराहक्षेत्र नगरपालिका–५ अमहा सिमसारको सिंचाई ड्याम रहेको दहमा धरान–११ दुर्गाचोक बस्ने ४३ वर्षीय चिनिया राई मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ १४, २०७८ |
१३:१७:२४
837