एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक जना पक्राउ
प्रकाशित मिति: सोमबार, आषाढ १४, २०७८ | १३:३५:५७
मोरङ,असार १४
बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका-९ घर भएका २४ वर्षीय मो.ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ परेका छन ।
उक्त बैंकको एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका छन । उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङ जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ १४, २०७८ |
१३:३५:५७
199