कांग्रेसले प्रचण्डपथ अँगाल्यो : प्रधानमन्त्री ओली
प्रकाशित मिति: सोमबार, आषाढ १४, २०७८ | १४:१८:२६ 0 minutes
काठमाडौं,असार १४।
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाएका छन् । उनले प्रचण्डपथको चर्चा सर्वोच्च अदालतमा पनि भएको टिप्पणी गरे ।
मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा ओलीले भने, ‘नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’
प्रकाशित मिति : सोमबार, आषाढ १४, २०७८ |
१४:१८:२६
265