नेपाल सरकारले हवाई उडान खोल्ने कस्ले कति उडान भर्ने
Warning: Undefined variable $post in /home/smabesi/public_html/wp-content/themes/Namuna_news_portal 2022-samabesi/functions.php on line 873
Warning: Attempt to read property "ID" on null in /home/smabesi/public_html/wp-content/themes/Namuna_news_portal 2022-samabesi/functions.php on line 873
0 minutes
काठमाडौ,असार १४ ।
सरकारले हवाइ उडान खोल्ने भएको छ । हवाई उडान खोले संगै बिदेशबाट फर्किने कामदारको लागि पनि थप सहज बनेको छ । यश अघि अनिवार्य होटेल क्वारेन्टाइन बस्ने र खर्च आफैले बेहोर्ने बाध्यता पनि हटेको छ ।
कोरोना संक्रमण दर घट्दै गएकोले असार १७ गते देखि आन्तरिक उडान खोल्न लागिएको हो भने अन्तर्राष्ट्रिय उडानमा पनि कोटा प्रणालीमा खुला गरिएको छ । जसअनुसार अन्तर्राष्ट्रिय उडान हप्तामा ६ दिन चल्ने छन् ।
कोभिड–१९ संक्रमण बढेपछि हवाइ उडान बन्द गरिएको थियो । विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ । एयरलाइन्सले नियमित उडानको आधा संख्यामा जहाज उडाउन सक्नेछन् । बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । अर्कोतिर यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीन र तीन उडान स्वीकृति पाएको छ ।
सरकार र विमानस्थलले बनाएको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा यात्रुले पालना गर्नुपर्ने जनाइएको छ ।