१२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
प्रकाशित मिति: सोमबार, आषाढ १४, २०७८ | १४:४४:१४ 1 minute
काठमाडौं,१४ असार ।
भक्तपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले दोलखा घर भइ भक्तपुर नगरपालिका वडा नम्बर ९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
आइतबार दिउँसो तीन बजे दमाईले घरमा कोही नभएको मौका पारी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ।
बालिकाकी आमाले साँझ महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीपछि प्रहरीले साँझ नै वसन्त दमाईलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति : सोमबार, आषाढ १४, २०७८ |
१४:४४:१४
221