आज थप २ हजार ४४४ जनामा कोरोना पुष्टि, ४२ जना संक्रमितको मृत्यु
प्रकाशित मिति: सोमबार, आषाढ १४, २०७८ | १६:३७:४० 0 minutes
काठमाडौं,१४ असार ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ४२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ५१ पुगेको छ।
पछिल्लो २४ घण्टामा तीन हजार ८५३ जना निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेका छन्।
प्रकाशित मिति : सोमबार, आषाढ १४, २०७८ |
१६:३७:४०
155