दाङमा राष्ट्रिय वृक्षरोपण सप्ताह शुरु
दाङ,१४ असार ।
डिभिजन वन कार्यालय दाङको आयोजनामा आज तुलसीपुर र घोराहीमा वृक्षरोपण गरी राष्ट्रिय वृक्षरोपण सप्ताह शुरु भएको छ ।
घोराहीस्थित मित्र सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरिएको करिव १० कठ्ठा जग्गा खाली गराइ यो वर्षको वृक्षरोपण अभियान थालिएको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो । सो सामुदायिक वनको अतिक्रमण हटाइएको क्षेत्रमा टिक, खयर, मसला, सिसौ, लहरे पिपल प्रजातिका ४ सय ५० बिरुवा रोपिएको छ । तुलसीपुरस्थित मेट्रो कलेजको जग्गामा पनि वृक्षरोपण गरिएको छ । त्यहाँ फलफूल तथा सौन्दर्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । वन कार्यालय दाङले यस वर्ष जिल्लाका विभिन्न स्थानमा तीन लाख बिरुवा रोप्ने कार्यक्रम रहेको जनाएको छ जसमा एक लाख जडिबुटी र दुइ लाख काष्ठ तथा बहुउद्येश्यीय प्रजातिका बिरुवा रहेका छन् ।रासस