भरतपुर २५ मा विकास निर्माणको काम गुणस्तरहीन : वडाअध्यक्षको कार्यशैलीको दलहरुद्वारा भर्त्सना
चितवन, १४ असार ।
भरतपुर महानगरपालिका वडा नम्बर २५ मा पुल निर्माणको विषयमा भएको विवाद र वडाअध्यक्षको कार्यशैलीप्रति भर्त्सना गर्दै एमाले, काँग्रेस र राप्रपाका स्थानीय नेताले संयुक्त विज्ञप्ती जारी गरेका छन् । भरतपुर २५ का नेपाली काँग्रेसका सभापति काशि न्यौपाने, राप्रपाका अध्यक्ष रामहरि पौडेल र नेकपा एमालेका सचिव कृष्णहरि जमरकट्टेलको हस्ताक्षरमा जारी गरिएको संयुक्त विज्ञप्तीमा घटनाको भर्त्सना गर्दै दोषीउपर कानुनी कारबाहीका लागि माग गरिएको छ ।
भरतपुर २५ को विकास निर्माणका सम्बन्धमा स्वतन्त्र नागरिकको तर्फबाट निरीक्षण गरेपछि पुल, बाटो र ग्राबेल निर्माणका कामहरु गलत भएको भन्दै उनीहरुले वडाध्यक्षको ध्यानाकर्षण गराउन जाँदा ती व्यक्तिमाथि दुव्र्यवहार भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । “निर्माणमा अनियमितता भएको, निर्माण कार्य न्यून गुणस्तरीय भएको, उपभोक्ता समिति ठगन प्रकृयामा मनलाग्दी गर्दै निर्माण कार्य भित्र अनियमितताको गन्ध आएको देखिएकाले सो सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाउन जाँदा वडाध्यक्षले दर्ता गर्न नमान्ने तथा उल्टै छलmपलमा बस्ने भनेर बोलाउने र छलफलको ठाउँमा लठैत केटाहरु बोलाइ स्वतन्त्र नागरिक अगुवामाथि धरपकड गर्ने, हात हाल्ने, अनैतिक शब्दहरुबाट गाली बेइज्जति ग र्ने कार्य वडाअध्यक्षकै नेतत्वमा हुनु अत्यन्तै खेद जनक छ” विज्ञप्तीमा भनिएको छ ।
वडाभित्र भएका विकास निर्माणका गतिविधिलाई ध्यानाकर्षण गराउँदा पनि भरतपुर २५ का वडाअध्यक्षले गलत प्रवृत्तिको संरक्षण गरेको भन्दै यस्ता अनियमितता काम गर्ने कार्यमा स्वयं वडाअध्यक्षकै संलग्नता रहेको आभाष मिल्ने विज्ञप्तीमा जनाइएको छ । वडाअध्यक्ष र गलत तरिकाले भएका विकास निर्माणका प्रवृत्तिप्रति वडाभित्र रहेका राजनीतिक दलको ध्यानाकर्षण भएकाले उक्त कार्यको घोर भर्त्सना गरिएको भन्दै सबैको ध्यानाकर्षण गराउन चाहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वडामा हुने गलत प्रवृत्ति विरुद्ध राजनीतिक दलहरु, देश, जनता र वडावासी विकासको चाहनाप्रति कटिबद्ध हुँदै यस्ता अराजनीतिक गतिविधि र अनियमितताको भण्डाफोर गर्दै यस्ता गविधिको संवन्धित पक्षबाट छानविन गरी दोषि उपर कारबाहीसहित उचित क्षतिपूर्तिसहितको कानुनी दण्डजरिवाना गराउन माग गरिएको छ । भरतपुर २५ का वडाध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित विजय भुजेल हुन् ।