स्वास्थ्य बीमा कार्यक्रम अब ७७ वटै जिल्लामा
प्रकाशित मिति: सोमबार, चैत्र १६, २०७७ | १६:२७:०४
सरकारले यसै आर्थिक वर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको छ । २०७२ सालमा गठन भएको स्वास्थ्य बीमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो ।
यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिने छ । त्यसपछि काठमाडौं र ललितपुर जिल्लामा पनि लागू गर्न लागिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधव लम्सालले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, चैत्र १६, २०७७ |
१६:२७:०४
353