जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्रकाशित मिति: सोमबार, चैत्र १६, २०७७ | १६:३०:१६
चैत १६
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला बिहारी नगरपालिका-२ पुरनदाहा बस्ने ४२ वर्षीय सत्यनारायण यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सत्यनारायणले ती बालिकालाई शनिबार दिउँसो ललाई फकाई बालिकाको घर नजिक आँप बगैंचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १६, २०७७ |
१६:३०:१६
221