बंगलादेशविरुद्ध नेपालको २ गोल

काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे ।

त्रिदेशीय फुटबलको लिग चरणका दुबै खेलमा गोल गर्न नसकेको नेपालले यो १८ महिनापछि पहिलाे पटक गाेल गरेकाे हाे । पछिल्लाे पटक सन् २०१९ काे सेप्टेम्बरमा भएकाे विश्वकप छनाेटमा अञ्जन विष्टले चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए ।