नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि
प्रकाशित मिति: सोमबार, चैत्र १६, २०७७ | १९:४४:३२
नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र १६, २०७७ |
१९:४४:३२
1409