चितवनमा थपिए १ सय १७ जना कोरोना संक्रमित

चितवन , १६ बैशाख।
चितवनमा थप १ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा बुधबार गरिएको परिक्षणमा ६५ जना पुरुष र ५२ जना महिलामा कोभिड १९ पुष्टि भएको हो । संक्रमितमध्य ९८ जना भरतपुरका, १० जना रत्ननगरका , ४ जना खैरहनीका र ५ जना राप्तीका रहेका छन् ।