भोजपुरमा ६७ वर्षीया महिला बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

भोजपुर,१६ वैशाख।

भोजपुरमा ६७ वर्षीया महिला बलात्कृत भएकी छन्। बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई पक्राउ गरेको छ। उनलाई बुधबारराति पक्राउ गरिएको प्रहरीले जनाएको छ। दोर्चीले ती महिलालाई सोमबार साँझ बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।