देवघाट – ठिमुरा जोड्ने पुलबाट खसेर बेपत्ता एकको शव भेटियो
प्रकाशित मिति: बिहिबार, बैशाख १६, २०७८ | १३:४५:३२
चितवन,१६ वैशाख ।
तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव बिहीबार भेटिएको छ ।
भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको जिल्ला प्रहरी चितवनले जनाएको छ । पाठकको शव आज निर्माणाधीन अवस्थामा रहेको पुलमुनि खोलामा दबिएको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । वैशाख १२ गते पुल भाँचिदा दुई जना बेपत्ता भएका थिए ।
पुलको काम गर्दा आइतबार पुलको फलाम सहित १४ जना कामदार त्रिशुलीमा खस्दा एकजनाको मृत्यु भएको थियो भने दुईजना वेपत्ता भएका थिए । नदीमा बेपत्तामध्ये अर्को एक जनाको बुधबार शव फेला परेको थियो ।
प्रकाशित मिति : बिहिबार, बैशाख १६, २०७८ |
१३:४५:३२
881