चितवनमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु

चितवन,१६ वैशाख ।

हेटौँडाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौँडा उपमहानगरपालिका–१२ का एक वृद्धको मृत्यु भएको हो । ८० वर्षीय उनको आज बिहान ९ : १५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाका कारण वैशाख १ गते कोरोना परीक्षण गर्दा सङ्क्रमित भई भरतपुर अस्पतलमा उपचाररत उनको उपचारका क्रममा कोेभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।रासस