नेपालमा एकैदिन थपिए ४ हजार ९ सय २८ कोरोना संक्रमित, ३५ को मृत्यु
प्रकाशित मिति: बिहिबार, बैशाख १६, २०७८ | १७:०४:०७
काठमाडौं, १६ वैशाख ।
पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ९२८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १७ हजार ५३० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा विहीबार अपरान्ह अद्यावधिक विवरणका अनुसार पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबारसम्म मृतकको संख्या ३ हजार २४६ पुगिसकेको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५९७ जनाका पिसिआर र ९६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा चार हजार ९२८ जनालाई संक्रमण पुष्टि भएको छ। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३४ हजार ११७ पुगेको छ।
यो समयमा देशभर ८८८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८० हजार १६७ संक्रमित निको भइसकेका छन्। देशभर ५९ जना व्यक्ति क्वारेन्टाइनमा रहेको छन्।
प्रकाशित मिति : बिहिबार, बैशाख १६, २०७८ |
१७:०४:०७
243