निषेधाज्ञाको पुर्वसन्ध्यामा भरतपुरमा जे देखियो (फोटो फिचर))
प्रकाशित मिति: बिहिबार, बैशाख १६, २०७८ | १९:४७:३७
चितवन,१६ वैशाख।
आज रातीदेखि हुने निषेधाज्ञाको पुर्वसन्ध्यामा घर फर्कनेहरुको भिडभाड चितवनमा देख्न सकिन्थ्यो । आज राती १२ बजेदेखी हुने निषेधाज्ञा अगावै मानिसहरु घर फर्केको दृश्य देख्न सकिन्थ्यो ।
अन्य दिनमा सामान्य चहलपहल मात्र देखिने पोखरा बसपार्क,चौबीसकोठी,पुर्व पश्चिम टर्मिनल(पारसबसपार्क) लगायत स्थानमा घर फर्कनेको बाक्लो घुइचो देख्न सकिन्थ्यो।
त्यस्तै बजार तथा पसलमा पनि अन्य दिनको तुलनामा किनमेल गर्नेहरुको बाक्लो घुइचो लागेको थियो।
कोभिड–१९ अर्थात कोरोनाको दोस्रो लहर तिब्र गतिमा नेपालमा फैलिदै गएको छ।चितवनमा पनि सक्रिय सङ्क्रमितको सख्या बढ्दै गएकोले सम्भावित जोखिमलाइ मध्यनजर राख्दै गत बुधवार चितवन प्रशासनद्वारा बैशाख ३१ गते सम्म १५ दिनको अवधिको लागि निषेधाज्ञाको घोषण गरेको थियो।
प्रकाशित मिति : बिहिबार, बैशाख १६, २०७८ |
१९:४७:३७
419