खैरहनीका जिवन भए जेठ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी
प्रकाशित मिति: मंगलबार, आषाढ १५, २०७८ | ८:३१:५०
चितवन , १५ असार।
ईलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी नायव निरिक्षक जिवन कुमार सुनारी बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । जेठ महिनामा प्रदेशभरी भएको प्रहरीको काम कारबाहीको मुल्यांकन गर्दा चितवनको खैरहनीमा कार्यरत सुनारी सर्वोत्कृष्ट प्रदेश प्रहरी भएका हुन् ।
प्रदेशबाट प्राप्त कदरपत्र र पुरस्कार चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारीले आइतबार एक कार्यक्रमकोबिच सुनारीलाई प्रदान गरेका थिए । सुनारीले विभिन्न मितिमा लागुऔषध नियन्त्रण ,३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरि अदालत बुझाएको , खोलामा भएको अवैध चोरी निकासीमा संलग्न ट्रयाक्टर तथा टिप्पर नियन्त्रणमा लिएर नगरपालिकामा बुझाएको लगायकोे काम गरेको भन्दै प्रदेश प्रहरीले उनलाई जेठ महिनाको सर्वोत्कृष्ठ प्रहरी घोषणाँ गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, आषाढ १५, २०७८ |
८:३१:५०
287