टिकटकमा भिडियो अपलोड गरेको भन्दै श्रीमानद्वारा श्रीमती र सासुको हत्या
प्रकाशित मिति: मंगलबार, आषाढ १५, २०७८ | १२:१३:२२ 0 minutes
एजेन्सी,१५ असार ।
पाकिस्तानकाे कराची शहरमा टिकटकमा भिडियो अपलोड गरेको भन्दै एक जना श्रीमानले श्रीमतीको हत्या गरेका छन् । कराचीको शेरापाओ उक्त घटना घटेको मिडिया रिपोर्टमा उल्लेख छ ।
इशाक नाम गरेका श्रीमानले श्रीमतीसँगसँगै आफ्नी सासुको पनि हत्या गरेका छन् ।
कायदाबाद प्रहरी स्टेशनमा उक्त केश दर्ता भएको मिडिया रिपोर्टमा उल्लेख छ । पाकिस्तानी मिडियाका अनुसार श्रीमतीको नाम रेशमा रहेको छ । रेशमा टिकटकमा भिडियो अपलोड गर्न मनपथ्र्यो ।
तर, श्रीमतीको टिकटक मोहप्रति पतिको भने नकरात्मक धारणा रहेको थियो । टिकटकको विषयलाई लिएर झगडा हुँदा इशाकले श्रीमती र सासुलाई गोली हानी हत्या गरेका हुन् ।
उक्त घटनापछि इशाक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ १५, २०७८ |
१२:१३:२२
331