उवासंघ खैरहनीद्धारा विद्यार्थीको लागि नि:शुल्क वाईफाइ सेवा सुरु
प्रकाशित मिति: मंगलबार, आषाढ १५, २०७८ | २०:२०:०४
चितवन , १५ असार
चितवनको उद्योग वाणिज्य संघ खैरहनीले विद्यार्थीहरुको लागि नि:शुल्क वाई फाई सेवा सुरु गरेको छ । इन्टरनेटको पहुँच नपुेगेका विद्यार्थीहरुलाई संघको हलमा आएर अनलाई कक्षामा संलग्न हुन सकिने उद्योग वाणिज्य संघ खैरहनीले जनाएको छ ।
कोभिड १९ को संक्रमणको कारण विद्यालयहरुले भौतिक रुपमा कक्षा संचालन गर्न नसकेर अनलाइन शिक्षा सुरु गरेका छन् । अनलाईन कक्षा संचालन भएतापनि कतिपय विद्यार्थीहरु इन्टरनेटको पहुँचमा नभएकाले त्यस्ता विद्यार्थीहरुलाई मध्यनजर गरेर संघको हलमा नि:शुल्क इन्टरनेटको सुविधा सुरु गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुको लागि बिहान ६ बजेदेखी साँझ ५ बजेसम्म संघको हल खुल्ला हुने संघका महासचिव एवं कार्यक्रम संयोजक केदारनाथ बर्तौलाले बताए ।
प्रकाशित मिति : मंगलबार, आषाढ १५, २०७८ |
२०:२०:०४
133