रक्सीको लागि एक सय रुपैयाँ माग्दा ज्यान नै गयो
प्रकाशित मिति: मंगलबार, आषाढ १५, २०७८ | २२:४५:२४
बर्दिया , १५ असार ।
बर्दियामा रक्सी खानको लागि एक सय रुपैयाँ माग्द एक पुरुषको ज्यान नै गएको छ । रक्सीको लागि आफ्नै श्रीमतिसंग एक सय रुपैयाँ माग्दा बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ४ निवासी बर्ष ३८ को लक्षिराम थारुको ज्यान गएको हो । सोमबार बेलुका करिव ६ बजे रक्सीको लागि पैसा माग्दा घरमा झगडा भएको र सो क्रममा श्रीमति र छोराको कुटाईले लक्षिराम थारुको ज्यान गएको प्रहरीले जनाएको छ । लक्षिरामको ३८ बर्षिय सिता थारु र १८ बर्षिय छोरा आकाश थारुसंघ झगडा भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । झगडामा गम्भीर घाइते लक्षिरामको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले दुवैजना आमा छोरालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
प्रकाशित मिति : मंगलबार, आषाढ १५, २०७८ |
२२:४५:२४
683