मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन
प्रकाशित मिति: मंगलबार, चैत्र १७, २०७७ | ११:४०:२५
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । आइतबार बिहान घरमै कुर्सीमा बसेका बेला एकाएक बेहोस भई ढलेका अध्यक्ष रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । कोहलपुरमा उपचार सम्भव नभएपछि उनलाइ थप उपचारका लागि सोमबार दिउँसो काठमाडौं लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रशाद शर्माले जानकारी दिए ।
अध्यक्ष रावलको मंगलबार बिहान उपचारकै क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । रावल उच्च रक्तचापबाट पीडित रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । रावलको शव गृहजिल्ला ल्याउने तयारी भइरहेको समेत शर्माले जानकारी दिए । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : मंगलबार, चैत्र १७, २०७७ |
११:४०:२५
243