बेलायतमा आजको तापक्रम पाँच दशकयताकै उच्च
प्रकाशित मिति: मंगलबार, चैत्र १७, २०७७ | १३:१९:१५
लन्डन । बेलायतमा आज (मंगलबार)को तापक्रम विगत ५३ वर्षयताको मार्चमध्यकै सबै भन्दा बढी हुने बताइएको छ । आजको तापक्रम २४ डिग्रीसम्म पुग्नेछ, जुन सन् १९६८ पछिका मार्चमध्ये सबैभन्दा तातो दिनको रुपमा सावित हुनेछ । साथै आजको तापक्रम यस वर्षको पनि सबैभन्दा उच्च तापक्रम हो । सन् १९६८ को मार्च २९ का दिन २५.६ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । कोरोना संक्रमणको महामारीका कारण इङ्ग्ल्यान्डमा जारी लकडाउन खुकुलो गरेको २४ घन्टामा बेलायतको तापक्रम अत्यधिक रुपमा बढेको हो । लकडाउन खुल्ला गरिएको दिन सोमबार पनि बेलायतको मौसम विगतको तुलनामा निकै घमाइलो बनेको थियो । उक्त दिन इङ्ग्ल्याण्डवासीहरुले महिनौदेखि एकआपसमा भेट्न नपाएका आफन्तहरूसँग घरबाहिर दुई परिवार वा ६ जनासम्म भेटघाट पाएका थिए ।
प्रकाशित मिति : मंगलबार, चैत्र १७, २०७७ |
१३:१९:१५
529