साहित्यकार श्रेष्ठको निधन
प्रकाशित मिति: मंगलबार, चैत्र १७, २०७७ | १३:२७:४८
काठमाडौं चैत,१७
साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत रहेका थिए । उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरूको नेपाली भाषामा अनुवाद कृति छन् ।
प्रकाशित मिति : मंगलबार, चैत्र १७, २०७७ |
१३:२७:४८
353