शिवाको ठाउँमा जानकी देवीलाई सांसद बनाउने एमाले निर्णय
प्रकाशित मिति: मंगलबार, चैत्र १७, २०७७ | १३:३२:४४
काठमाडौं चैत,१७ ।
नेकपा एमालेले सानु शिवाको ठाउँमा जानकी देवीलाई सांसद बनाउने भएको छ । सांसद शिवाको निधन भएपछि उक्त स्थानमा जानकी देवीलाई सांसद बनाउन आयोगलाई सिफारिस गर्ने भएको हो ।
निर्वचन आयोगको बन्द सूचीमा रहेकी जानकी देवीलाई सांसद बनाउने एमालेको चैत सात गते बसेको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको हो । एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा ‘जानकी देवी रामलाई निर्वाचित गर्न निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको’ उल्लेख छ ।
त्यस्तै निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ बन्द सूचीको उम्मेदवारमा समावेश दलित महिला तर्फकी धनकुमारी सुनारले पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरेकाले निजको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको पनि एमालेले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र १७, २०७७ |
१३:३२:४४
1849