चितवनमा आजदेखि निशेधाज्ञ जारी,अत्यावश्यकबाहेक हिँडडुल र सवारीसाधन सञ्चालनमा रोक

चितवन वैशाख १७-

आजदेखि चितवनमा निशेधाज्ञ जारी भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन थालेपछि वैशाख ३१ गतेसम्मको लागि (१५ दिनसम्म)    निशेधाज्ञा जारी गरेको हो ।चितवन प्रशासनले लगाएको यो निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
निषेधाज्ञाको समयमा  अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरु बिहान ६ बजेदेखी ९ बजेसम्म मात्रै खुल्न पाउने भएका छन् । तरकारी , फलपुल, खाद्यान्न, माछा,मासु, अण्डा, पानी र निर्माण सामाग्री बिक्री वितरण गर्ने पसल प्रत्येक दिन बिहान ६ बजेदेखी बिहान ९ बजेसम्म मात्रै संचालन पाइने व्यस्था गरिएको छ ।