आकस्मिक पत्रकार सम्मेलन गर्दै काँग्रेस सभापति देउवा

काठमाडौं,१७ वैशाख ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै छन् ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन तय भएको छ ।

हम्मेसी सवाल-जवाफका लागि मिडियाको सामना नगर्ने देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।यद्यपि स्वकीय सचिव देउवाले कोरोना महामारीबारे कुराकानी गर्न पत्रकार सम्मेलन आयोजना गरिएको बताए ।