चितवनमा निशेधाज्ञाको प्रभाव यस्तो देखियो (तस्बीरमा)
चितवन वैशाख १७-
निशेधाज्ञाको पहिलो दिन आज चितवनको बजारदेखि सडकसम्म प्रभाव देखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले गएराती १२ बजेदेखि वैशाख ३१ गतेसम्म निशेधाज्ञा जारी गरेपछि यहाँको बजार देखि सडकमा चहलपहल न्युन बनेको हो ।
निशेधाज्ञाको समयमा चोकचोकमा शसस्त्र र प्रहरीका टोलि खटिएका छन् । पहिलो दिन भएकाले अनावश्यक रुपमा सवारी र पैदल हिड्नेलाई प्रहरीले सम्झाईबुझाई गरेको बताएको छ ।
निशेधाज्ञा भएपनि कतिपय मजदुर भने हिडेरै घर जान लागेको दृश्य पनि भरतपुरको नारायणगढमा देखिन्थ्यो ।
। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जानकारी पाएसम्म छिमेकि जिल्लाबाट गन्तव्यमा निस्केका सर्वसाधरणलाई गाडीहरुमा राखेर पठाइएको छ ।
आज अनावश्यक रुपमा हिड्डुल र सवारीसाधन चलाउने ३०० भन्दा् बढी सवारीसाधन र १३०० सय जना जतिलाई सम्झाईबुझाई गरि छाडिएको चितवन प्रहरीका नायव उपरिक्षक सरोज गिरीले बताए । पहिलो दिनभएकाले सम्झाईबुझाई गरिएको र भोलिदेखि नियम उल्लघंन गर्नेलाई नियमअनुसारको कारवाही गरिने बताए ।
चितवन प्रशासनले लगाएको निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरु बिहान ६ बजेदेखी ९ बजेसम्म मात्रै खुल्न पाउने भएका छन् ।