विवाहपछि आधा पारिश्रमिकमा काम गर्न वाध्य काजल

मुम्बई,१६ जेठ।

बलिउड तथा दक्षिण भारतीय फिल्म उद्योगी अभिनेत्री काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएपछि उनको करियरमा समस्याहरु उत्पन्न हुन थालेको छ ।

सिंघम गर्लको रुपमा समेत चिनिने काजल अग्रवालले अहिले फिल्ममा काम पाउन छाडेकी छिन्, जसका कारण काजलले आफ्नो पारिश्रमिक आधा कम गरेर भए पनि काम गर्ने निर्णय गरेकी छिन् ।

यस्तो निर्णय गर्नु काजलका लागि सहज भने थिएन ।

तर, आफ्नो करियरलाई निरन्तरता दिइराख्नका लागि उनले यस्तो निर्णय गरेकी हुन् ।

काजल अग्रवाल दक्षिण भारतीय फिल्म उद्योगकी एक परिचित अनुहार त हुन् नै, साथै काजलले बलिउडमा पनि विभिन्न फिल्महरुमा काम गरेकी छिन् ।