भरतपुर–२५ का वडा अध्यक्ष भुजेलको कामप्रति वडासदस्यहरुकै असन्तुष्टि, छानविन गर्न माग
चितवन, १६ असार ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ मा भएका विकास निर्माणको कामबारे वडासदस्यहरु नै असन्तुष्ट हुँद संयुक्त विज्ञप्ती जारी गरेका छन् । वडाको विकास निर्माणमा वडाध्यक्ष विजय कुमार भुजेलले वडा समिति सदस्यहरुलाईसमेत बेवास्ता गरी काम गर्दै आएका उनीहरुले जनाएका छन् ।
भरतपुर २५ का वडा प्रतिनिधि सदस्यहरु कमलबहादुर गोदार, पार्वती विक, गौरी जमरकट्टेल, युवराज महतोद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा वडा अध्यक्ष भुजेलले वडा समितिका सदस्यहरुलाई बेवास्ता गरी निर्वाचित भएदेखि नै कुनै पनि आर्थिक वर्ष समापनको अवधिमा विवाद रहित रुपमा कार्यसम्पन्न नगरेको जनाएका छन् । वडाअध्यक्षले वडा समितिको रोहबरमा निर्माण भएको उपभोक्ता समिति मनोमानी ढङ्गले हेरफेर गरी आफ्नो अनुकुलको छुट्टै समिति गठन गरेको भन्दै वडा सदस्यहरुले त्यस्तो कार्यको भर्त्सना गरेका छन् ।
साथै वडाको विकास निर्माण सहित विविध मा नगारिक अगुवाहरुले उठाएको विषयप्रति चारै जना वडा प्रतिनिधि सदस्यहरुले ऐक्यबद्धता जनाएका छन् । वडामा भएका विकास निर्माणसहितका कामहरु गुणस्तरहीन भएकाले यसको छानविन गर्नसमेत माग गरिएको छ ।
यो पनि हेर्नुहोस् भरतपुर २५ मा विकास निर्माणको काम गुणस्तरहीन : वडाअध्यक्षको कार्यशैलीको दलहरुद्वारा भर्त्सना