रिले रेस जस्तै विकास क्रमिक रुपमा हुन्छ : मेयर चौधरी
चितवन, १६ असार ।
स्थानीय तहको निर्वाचन भएको चार वर्ष पछि खैरहनी वडा नम्वर ८ ले आफ्नै कार्यालय भवनबाट सेवा सुरु गरेको छ । कार्यालय भवनको आज बुधवार खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले उद्घाटन गरेसंगै नयाँ कार्यालय भवनबाट सेवा सुरु भएको हो । यस अघि भाडामा वस्दै आएको सो वडा कार्यालयले आफ्नै जग्गामा भवन वनाएको थियो । जिल्ला समन्वय समिति चितवन र खैरहनी नगरपालिकाको कुल ४६ लाखको सयुक्त लगानीमा वडा कार्यालय भवन निर्माण गरिएको हो । भवनको उद्घाटन गदै मेयर चौधरीले सरल र सहज रुपमा सेवा प्रवाह हुने विश्वास व्यक्त गरे । विकास रिले दौड जस्तै रहेको भन्दै मेयर चौधरीले क्रमिक रुपमा काम हुने वताए । हामी तत्काल नजिता खोज्छौ मेयर चौधरीले भने – विकास क्रमिक रुपमा हुन्छ,यो रिले दौड जस्तै हो ,आत्तिनु हुदैन् । सोही वडाका वडाध्यक्ष टेकवहादुर थापा क्षेत्रीले आफ्नो वडा भित्र विकासका धेरै काम भएको दावी गरे ।
उद्घाटन कार्यक्रममा उपमेयर सुनिता थपलिया,नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने,खैरहनी ६ का वडाध्यक्ष रामशरण पाण्डे,७ का वडाध्यक्ष मनेजर महतो, वडा सदस्यहरु,उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ,चितवन उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठ,खैरहनी चेम्वर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ, समाजसेवी एवंम् उद्योग बाणिज्य संघ खैरहनीका द्धितिय उपाध्यक्ष जगतवहादुर पाण्डे, टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।