रवि लामिछानेले ऐय्या भन्दा जसलाई पर्यो चोट !
एमालेको स्थायी कमिटीमा माओवादीका ४ सहित ८ जना थपिए
काठमाडौं, १६ असार ।
नेकपा एमालेको स्थायी कमिटीमा ८ जना थप भएका छन् । बुधबार महाधिवेशन आयोजक कमिटी भंग गर्दै एमालेले ८ जनालाई स्थायी कमिटीमा थप गरेको हो ।
नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी नेतालाई पार्टीको स्थायी कमिटीमा स्थान दिइएको हो । रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा थप गरिएको हो । त्यस्तै, एमालेबाट पनि रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तलाई पनि पार्टीको स्थायी कमिटीमा थप गरिएको छ ।
आजदेखि नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी पनि भंग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो । बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निस्क्रिय भएको ज्ञवालीको भनाइ छ । अब आगामी असार १८ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए ।