कालिका नगरपालिकाद्वारा चितवनका पत्रकारहरुको सात लाख बराबरको दुर्घटना बिमा
Warning: Undefined variable $post in /home/smabesi/public_html/wp-content/themes/Namuna_news_portal 2022-samabesi/functions.php on line 873
Warning: Attempt to read property "ID" on null in /home/smabesi/public_html/wp-content/themes/Namuna_news_portal 2022-samabesi/functions.php on line 873
0 minutes
चितवन, १६ असार ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका २६७ जना पत्रकारहरुको सात लाख रुपैयाँ बराबरको सामुहिक दुर्घटना बिमा गरिएको छ । कालिका नगरपालिकाको सहयोग तथा युनाइटेड इन्स्योरेन्स कम्पनीसँगको सहकार्यका महासंघमा आवद्ध सबै पत्रकारको दुर्घटना बिमा गरिएको अध्यक्ष नारायण अधिकारीले बताए ।
दुर्घटनाबाट कुनै पत्रकारको मृत्यु भएमा अथवा स्थायी रुपमा पूर्ण अशक्त भएमा बिमाङ्क बराबरको रकम आश्रित परिवारलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ । सामुहिक दुर्घटना गरिएका पत्रकारमध्ये कसैको दुर्घटना भएमा शारीरिक क्षतिको समानुपातिक हुनेगरी निर्धारण गरिएको रकम उपलब्ध गराइने युनाइटेड इन्स्योरेन्स कम्पनीले जनाएको छ । कम्पनीका एरिया चिफ प्रयास श्रेष्ठले पत्रकार महासंघसँग सहकार्य गरेर काम गर्न पाउँदा खुसी लागेको बताए ।
पत्रकारहरुको सामुहकि बिमाको रकम एक लाख ४० हजार १९५ रुपैयाँ कालिका नगरपालिकाले बेहोर्नेछ । कालिका नगरपालिकाले गतवर्षदेखि पत्रकारहरुको सामुहिक बिमा गरिदिएको छ । गत वर्ष ३ लाख रुपैयाँको बिमा गरिदिएको नगरपालिकाले यस वर्ष सात लाखको गरिदिएको उल्लेख गर्दै नगरप्रमुख खुमनारायण श्रेष्ठ गोपीले आउँदा दिनमा पनि बिमा कार्यक्रमलाई निरन्तरता दिइने गरी महासंघसँग सहकार्य गरिएको बताए ।
पत्रकारहरुको जोखिमलाई मध्यनगर गर्दै नगरपालिका र बिमा कम्पनीसँगको सहकार्यमा पत्रकारहरुको सामुहिक बिमा गरिएको शाखा अध्यक्ष अधिकारीले बताए । सरकारले पत्रकारहरुको ७ लाख रुपैयाँको दुर्घटना बिमाको ५० प्रतिशत प्रिमियम भुक्तानी गर्ने जनाएको भए पनि कार्यविधि बनिसकेको छैन ।