विपक्षी गठबन्धनका विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरे
प्रकाशित मिति: बुधबार, आषाढ १६, २०७८ | १८:१४:४५
काठमाडौं,१६ असार ।
विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन गरेका हुन् ।
प्रहरीले हस्तक्षेप गरी उनीहरुबाट पुत्ला खोसेको थियो । पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनलाई तीव्रता दिएका छन् ।
उनीहरुले प्रधानमन्त्रीको कार्याशैली, संसद् विघटन र शुल्क घटाउन माग गर्दै सरकारविरुद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
प्रकाशित मिति : बुधबार, आषाढ १६, २०७८ |
१८:१४:४५
111