प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा चितवनमा झडप : शसस्त्र प्रहरीका हवल्दार क्षेत्री घाइते
प्रकाशित मिति: बुधबार, आषाढ १६, २०७८ | १८:२४:५३ 0 minutes
चितवन, १६ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जनाउने क्रममा चितवनको भरतपुरमा झडप हुँदा एक जना घाइते भएका छन् । आज साँझ भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि विभिन्न पाँच विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा सशस्त्र प्रहरी बलले रोक्न खोजेपछि भएको झडपमा एक जना घाइते भएका हुन् ।
घाइते हुनेमा सशस्त्र प्रहरी बलका हवल्दार नवराज क्षेत्री रहेका छन् । क्षेत्रीको मुखमा चोट लागेको छ । आज प्रधानन्त्रीको ओलीको पुत्ला जनाउने क्रममा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु माधव पक्ष, समाजवादी विद्यार्थी युनियन, र अखिल छैटौँका विद्यार्थीहरु सहभागी थिए ।
प्रकाशित मिति : बुधबार, आषाढ १६, २०७८ |
१८:२४:५३
243