मौसममा सुधार आएपछि ६ दिनपछि खुल्यो भरतपुर विमानस्थल
प्रकाशित मिति: बुधबार, चैत्र १८, २०७७ | १२:४२:३६
चितवन, १८ चैत ।
मौसममा सुधार आएसँगै भरतपुर विमानस्थल खुलेको छ । वायुमण्डल प्रदूषित भएका कारण जहाड उडान र अवतरणका लागि अवाश्यक पर्ने भिजिबिलिटी कम हुँदाँ गत शुक्रबारबाट भरतपुर विमानस्थल बन्द थियो ।
पाँच दिनसम्म भरतपुर विमानस्थलमा कुनैपनि विमान उडान तथा अवतरण हुन सकेको थिएन । आज बुधबार मौसममा सुधार भएपछि विमानस्थल खुलेको नागरिक उड्डयान कार्यालय भरतपुरका प्रमुख योगेन्द्र कुँवरले समावेसी खबरलाई जानकारी दिए । भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा गरी दैनिक १४ वटा उडान हुँदै आएको छ ।
बुद्ध एयरको ९ र यति एयरको ५ वटा उडान हुने गरेको छ । भरतपुर विमानस्थलबाट दैनिक करिब एक हजार यात्रुले हवाईयात्रा गर्ने गरेको विमानस्थलका प्रमुख कुँवरले बताए ।
प्रकाशित मिति : बुधबार, चैत्र १८, २०७७ |
१२:४२:३६
551