अन्तर्राष्ट्रिय कबड्डीमा नेपालको पहिलो जित

काठमाडौँ, १८ चैत ।
बंगलादेशमा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा नेपालले पहिलो जित निकालेको छ । उसले बुधबारको खेलमा पोल्यान्डलाई ४०–१९ को स्कोरमा पराजित गरेको हो ।

पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३५–१९ को स्कोरमा पराजित भएको थियो ।

२ खेलबाट २ अंक जोडेको नेपाल लिगको चौथो स्थानमा छ । बंगलादेश ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रतियोगितामा बंगलादेश सहित नेपाल, श्रीलंका, केन्या र पोल्यान्डको सहभागिता छ । नेपालले आफ्नो तेस्रो खेलमा केन्या तथा समूह चरणको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ ।

प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहने टिम सिधै फाइनलमा प्रवेश गर्नेछ ।

दोस्रो र तेस्रो स्थानमा रहने टिमले क्वालिफायर खेल्ने छन् र यो खेलमा विजयी हुने टिम फाइनलमा पुग्नेछ । फाइन खेल अप्रिल २ मा हुनेछ ।