सुनसरी-४ मा एमाले उम्मेदवार कुसियैतले कार्कीलाई उछिने
प्रकाशित मिति: बिहिबार, मंसिर १५, २०७९ | ९:३२:४१
काठमाडौँ, १५ मंसिर । सुनसरी क्षेत्र नम्बर-४ मा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई ८२ मतले उछिनेका छन् ।पछिल्लो मतपरिणामअनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत ल्याएका छन् । भने कांग्रेस उम्मेदवार कार्की २९७१२ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ९ सय ५२ मत ल्याउँदा राप्रपाका विद्यानन्द यादवले २ हजार ८ सय ५५ मत ल्याएका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर १५, २०७९ |
९:३२:४१
1497