सरकारले अब परम्परागत तरिकाले काम गर्न हुदैन : गगन थापा
काठमाडौँ, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपालले नयाँ प्रधानमन्त्रीसँगै पुरानो काम गर्ने कार्यशैलीमा परिवर्तन खोजेकाे बताएका छन् । आज नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा थापाले अब बन्ने सरकारले देशको विकासलाई प्रथमिकता दिनुपर्ने बताए । उनले भने, “नेपालले नयाँ सरकार मात्र खोजेको हैन । पुराना पुस्ताले काम गर्ने शैलीमा पनि परिवर्तन खोजेको छ । हामीले त्यसमा ध्यान दिनुपर्छ । अब हामीलाई कुनै छुट छैन ।” सरकारले अब परम्परागत तरिकाले काम गर्न नहुने उनको भनाइ छ । “सरकारले अहिले जसरी अँध्यारो कोठामा काम गर्दै आएको छ । त्यो अन्य हुनुपर्छ । सरकार आँट भएको हुनुपर्छ । गरिँदै आएका परम्परागत कार्यशैली परिवर्तन गर्न सकिएन भने तात्त्विक फरक पर्दैन ।” अब सरकारले आर्थिक विकासका लागि खुला बसहस चलाउनुपर्ने पनि उनले बताए ।