ढुङ्गाले च्यापेर एक बालकको मृत्यु
प्रकाशित मिति: बिहिबार, मंसिर १५, २०७९ | १२:१०:४२
अछाम, १५ मंसिर । अछाममा वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेर एक बालकको मृत्यु भएको छ । मङ्गलसेन नगरपालिका वडा नम्बर–११ खिमाडाका पूर्ण भुलका छोरा गौतमको बुधबार मृत्यु भएको हो । दाजुसँग बाख्रा चराउन गएका गौतमलाई वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेको अवस्थामा फेला परेको वडाअध्यक्ष नरबहादुर भण्डारीले जानकारी दिए । १३ वर्षका गौतम मङ्गला नेपाल राष्ट्रिय मावि ओलीगाउँमा ५ कक्षामा अध्ययनरत थिए । दाजुले हाम फालेर ज्यान जोगाएका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर १५, २०७९ |
१२:१०:४२
6821