प्रदेश १ मा एमाले बन्यो सबैभन्दा ठूलो दल
प्रकाशित मिति: बिहिबार, मंसिर १५, २०७९ | १४:३७:५७
काठमाडौँ, १५ मंसिर । प्रदेश नम्बर १ मा नेकपा (एमाले) सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश १ मा प्रत्यक्षतर्फ सबै मतगणना भइसक्दा प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा धेरै सिट जितेर एमाले पहिलो दल बनेको हो । समानुपातिकतर्फ पनि अहिलेसम्म यो प्रदेशमा एमालेकै अग्रता छ । प्रतिनिधि सभाको समानुपातिकमा एमालेले अहिलेसम्म ६ लाख ८ हजार ६७९ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख २५ हजार ९५४ मत ल्याएको छ । प्रदेश सभाको समानुपातिकतर्फ एमालेले ६ लाख ३२ हजार ७०४ मत पाउँदा दोस्रोमा रहेको कांग्रेसले ५ लाख ३२ हजार ८४५ मत पाएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर १५, २०७९ |
१४:३७:५७
1387