स्याङ्जा २ धनराजको अग्रता कायमै
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ | १८:१६:२८
स्याङ्जा, १६ मंसिर | स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । धनराज १५ हजार ७२ मतका अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेकी नेतृ पद्मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् । धनराज-पद्माबीच २ हजार १६३ को मतान्तर छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ हजार ९३३ मतका साथ तेस्रो स्थानमा छन् ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १६, २०७९ |
१८:१६:२८
1365