मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन अदालतको आदेश
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९ | १२:३६:२८
तमिलनाडु, १७ मंसिर | मद्रासको उच्च अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ । मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने कदम पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि भएको अदालतले फैसलामा जनाएको छ । मानिसहरूलाई असुविधाबाट बच्नको लागि मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले भनेको छ । आदेशको पालना सुनिश्चित गर्न सुरक्षाकर्मीहरू पनि नियुक्त गरिनेछ ।
प्रकाशित मिति : शनिबार, मंसिर १७, २०७९ |
१२:३६:२८
2333