कयर खोलामा डुबेर एकजनाको मृत्यु
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९ | १८:१८:५१
चितवन , १७ मंसिर ।
चितवनको कयर खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नम्बर ९ शक्तिखोर स्थित कयर खोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको हो । आज दिउँसो करिब सवा दुई बजे पौडी खेल्ने क्रममा डुबेर कालिका ९ बस्ने बर्ष १६ वर्षिय मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टर्माटमको लागि भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नरहरि अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, मंसिर १७, २०७९ |
१८:१८:५१
2641