दोलखामा एमालेका शिवाकोटीले लिए अग्रता
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ | ९:४९:१४
काठमांडौं, १८ मंसिर | दोलखामा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्। उनले माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई ११६५ मतान्तरले अग्रता लिएका छन्। आइतबार बिहान सार्वजनिक भएको मतरपरिणाम अनुसार एमालेका सिवाकोटीले १५ हजार २ सय ६३ मत पाउँदा माओवादी केन्द्रका गंगा कार्कीले १४ हजार ९८ मत ल्याएका छन्। सुरूआतबाटै अग्रता लिएका कार्की आजबाट पछि परेका हुन्।बिहीबारबाट सुरू भएको मत गणना ३४ हजार ४ सय ८१ मत गणना सकिएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १८, २०७९ |
९:४९:१४
639