बाजुरामा एमालेका कर्ण थापालाई हराउँदै कांग्रेसका बद्री पाण्डे विजयी
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ | ११:१८:१४
काठमाडौं, १८ मंसिर | बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्। उनले ३१ हजार ७ सय ८६ मत ल्याएका छन्।कांग्रेसका बद्रीले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराएका हुन्। नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा पराजित भए। उनले २६ हजार ३ सय ४९ मत ल्याएका छन्।
प्रकाशित मिति : आइतबार, मंसिर १८, २०७९ |
११:१८:१४
1453