दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ | १२:२०:३६
काठमाडौं, १८ मंसिर | दोलखा प्रदेश सभा (ख) मा एमाले उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन् । उनी १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरे । कांग्रेस उम्मेदवार लामा २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा पराजित भएका थिए । यसअघि उनी माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए । यसपटक प्रदेश सभामा निर्वाचित भरत केसी भिमेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । लामा कांग्रेस दाेलखाका सभापति हुन् । उनले आफूलाई अन्तर्घात गरेर हराइएकाे आराेप लगाएका छन् ।
प्रकाशित मिति : आइतबार, मंसिर १८, २०७९ |
१२:२०:३६
749