नेपाली र भारतीय पक्षबीच दार्चुलाको सीमा क्षेत्रमा विवाद
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ | २१:१९:०२
धनगढी, १८ मंसिर | दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा विवाद भएको छ । आइतबार नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो । भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेकोमा सोही विषयलाई लिएर नेपाली नागरिकले विरोध गर्दा विवाद भएको हो । आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारी भारतको धार्चुलाबाट ढुंगा प्रहारसमेत गरेका छन् । घटनाको विस्तृत विवरण नआएको तर भारतीय नागरिकले ढुंगा प्रहार गर्दा चार नेपाली घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १८, २०७९ |
२१:१९:०२
1475